Header Ads Widget

Please Follow This Blog. Thanks for Visiting This Blog.

सामाजिक अध्ययन, विशिष्टिकरण तालिका अनुसारकाे नमूना प्रश्न उत्तरहरुकाे संगालाे, कक्षा : १०


                                                          प्रश्न नं. ३ (ज्ञान / बाेध)


                                               एकाइ ः ४ (सामाजिक समस्या र समाधान)
 
प्रश्नः मानव बेचबिखन भनेकाे के हाे ? एक वाक्यमा लेख्नुहाेस् ।
उत्तर ः  मानव बेचबिखन भनेकाे यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदिका लागि हुने मानिसको अवैध व्यापार हो ।

प्रश्न ः याैन विकृती  अन्तर्गत पर्ने कुनै दुईवटा कार्यहरु लेख्नुहाेस् ।
उत्तर ः याैन विकृती  अन्तर्गत पर्ने कुनै दुईवटा कार्यहरु निम्न छन् ः
    १) आफ्नाे श्रीमती बाहेक अरुसँग अवैध याैन सम्बन्ध राख्नु ।
    २) उमेर नपुगी याैन जन्य क्रियाकलापमा संलग्न हुनु ।

प्रश्न ः दिइएकाे तस्बिर कुन सामाजिक समस्यासँग सम्बन्धित छ ? 

उत्तर ः दिइएकाे तस्बिर "मानव बेचबिखन"  सँग सम्बन्धित छ ।

प्रश्न ः मानव बेचबिखन अन्तर्गत के के पर्दछन् ?
उत्तर ः मानव बेचबिखन अन्तर्गत निम्न कुराहरु पर्दछन् ः
     १) चेलीवेटी बेचबिखन      २) बालबालिका बेचबिखन         ३) मानव अंग बेचबिखन

प्रश्न ः मानव बेचबिखनबाट बच्ने कुनै दुई उपायहरु लेख्नुहाेस् ।
उत्तर ः मानव बेचबिखनबाट बच्ने कुनै दुई उपायहरु निम्न छन् ः
    १) मानव बेचबिखन जस्ता सामाजिक अपराध विरुद्ध जनचेतना फैलाउने
    २) स्थानीय स्तरमा राेजगारीका अवसरहरु सिर्जना गर्ने ।

प्रश्न ः घरेलु हिंसा भनेकाे के हाे ?
उत्तर ः परिवार भित्र परिवारकै  सदस्यले अर्काे सदस्य माथी गरिने शारीरिक, मानसिक, आर्थिक तथा याैनिक दुर्व्यवहारलाई घरेलु हिंसा भनिन्छ ।

प्रश्न ः भ्रष्टाचारलाई एक वाक्यमा परिभाषित गर्नुहाेस् ।
उत्तर ः शक्ति तथा पदकाे आडमा अधिकारकाे दुरुपयाेग गरी अनुचित कार्यबाट आर्थिक तथा अन्य लाभ प्राप्त गर्नुलाई भ्रष्टाचार भनिन्छ ।

प्रश्न ः दिइएकाे तस्बिर कुन सामाजिक समस्यासँग सम्बन्धित छ ? 

उत्तर ः दिइएकाे तस्बिर "भ्रष्टाचार"  सँग सम्बन्धित छ ।

प्रश्न ः नेपाली समाजमा अन्धविश्वासकाे कारण प्रचलनमा रहेकाे कुनै दुई प्रथाकाे नाम लेख्नुहाेस् ।
उत्तर ः नेपाली समाजमा अन्धविश्वासकाे कारण प्रचलनमा रहेकाे कुनै दुई प्रथाकाे नाम निम्न छन् ः
       १) छाउपडी प्रथा
       २) देउकी प्रथा
प्रश्नः  छाउपडी प्रथा भनेकाे के हाे ?
उत्तर ः महिलाहरु महिनावारी हुँदा घर बाहिर छाउगाेठमा लगेर राख्ने सामाजिक नियमलाई छाउपडी प्रथा भनिन्छ ।

प्रश्न ः दाइजाे भनेकाे के हाे ? 
उत्तर ः विवाहकाे क्रममा दुलाह पक्षले दुलही पक्षलाई राजीखुसी, दवाब वा अनुराेधमाप्दान गरिने नगद, जिन्सी, धनसम्पत्ती तथा उपहारलाई दाइजाे भनिन्छ ।

प्रश्न ः दिइएकाे तस्बिर कुन अन्धविश्वाससँग सम्बन्धित छ ? 
उत्तर ः दिइएकाे तस्बीर घुम्टाे प्रथासँग सम्बन्धीत छ ।

प्रश्न ः संयुक्त राष्ट्र संघीय जनसंख्या काेष (UNFPA) ले नेपालमा गर्दै आाएकाे कुनै दुई कार्य लेख्नुहाेस् ।
उत्तर ः संयुक्त राष्ट्र संघीय जनसंख्या काेष (UNFPA) ले नेपालमा गर्दै आाएकाे कुनै दुई कार्य निम्न छन् ः
    १) प्रजनन् तथा मातृ स्वास्थ्यकाे सुधार
    २) समानता तथा मानवीय संकट समाधानमा याेगदान

प्रश्न ः दिइएकाे लाेगाे कुन संस्थाकाे हाे ? यसले गर्ने एक मुख्य कार्य लेख्नुहाेस् ।

उत्तर ः संस्थाकाे नाम ः अन्तर्राष्ट्रिय श्रम संगठन
           मूख्य कार्य ः बाल श्रमकाे उन्मुलन

















Post a Comment

0 Comments