प्रश्न नं. ४ (प्रयाेग / सिर्जनात्मक)
एकाइ ः ४ (सामाजिक समस्या र समाधान)
प्रश्नः "भ्रष्टाचारीकाे कुनै जात र धर्म हुँदैन" यस भनाइलाई एक वाक्यमा पुष्टि गर्नुहाेस् ।
उत्तर ः भ्रष्टाचार कुनै जाती तथा धर्म विशेष सम्स्या नभइ याे एक विश्वव्यापी सामाजिक समस्या हाे र भ्रष्टाचारीले फाइदाकाे लागि आफ्नाे जात, धर्म बिर्सन्छ ।
प्रश्न ः भ्रष्टाचार बिरुद्ध अभियान सञ्चालनकाे लागि एउटा प्ले कार्डकाे नमूना तयार गर्नुहाेस् ।
उत्तर ः
प्रश्न ः तपाइँकाे समुदायमा भएकाे कुनै एक सामाजिक समस्या विरुद्ध जनचेतना जगाउने एक प्ले कार्डकाे नमूना तयार गर्नुहाेस् ।
उत्तर ः
प्रश्न ः मानाैँ तपाइँकाे समाजमा मानव बेचबिखनका घटना घटिरहेका छन् । उक्त समस्या समाधानका लागि तपाइँ के गर्नृ हुन्छ ? कुनै एक कार्य लेख्नुहाेस् ।
उत्तर ः मानव बेचबिखन जस्ता जघन्य सामाजिक अपराधका विरुद्ध जनचेतना जगाउने कार्यक्रममा सहभागी हुन्छु ।
प्रश्न ः यदि तपाइँ माथी याैन दुर्व्यवहार हुन खाेज्याे भने तपाइँ के गर्नु हुन्छ ? एक वाक्यमा लेख्नुहाेस् ।
उत्तर ः यदि म माथी याैन दुर्व्यवहार हुन खाेज्याे भने त्यस्ताे दुर्व्यवहार गर्न खाेज्ने व्यक्तिलाई कानुनकाे दायरामा ल्याउन नजिककाे प्रहरी चाैकीमा गइ उजुरी गर्छु ।
प्रश्न ः दाइजाे प्रथा न्यूनिकरणमा तपाइँ आफूलाई कसरी जिम्मेवार बनाउनु हुन्छ ? कुनै एक जिम्मेवारीकाे बुँदा प्रस्तुत गर्नुहाेस् ।
उत्तर ः दाइजाे प्रथाले निम्त्याएकाे समस्या बारे जानकारी गराइ आफ्नाे परिवारका सदस्यलाई काेही कसैले दाइजाे नलिन र नदिन सल्लाह दिइ दाइजाे प्रथा न्यूनिकरणमा आफूलाई जिम्मेवार बनाउँछु ।
प्रश्न ः बाल विवाह न्यूनीकरणमा तपाइँले खेल्न सक्ने एक भूमिका लेख्नुहाेस् ।
उत्तर ः बाल विवाह न्यूनीकरणकाे लागि आफू उमेर पुगेपछि मात्र विवाह गर्ने र अरुलाई पनि कम उमेरमा विवाह गर्दा हुने बेफाइदाकाे बारेमा जानकारी गराइ उमेर पुगेपछि मात्र विवाह गर्ने सल्लाह दिन्छु ।
प्रश्न ः घरेलु हिंसा बिरुद्ध जनचेतना जगाउने दुईवटा नारा लेख्नुहाेस् ।
उत्तर ः घरेलु हिंसा बिरुद्ध जनचेतना जगाउने दुईवटा नारा निम्न छन् ः
१) "घरेलु हिँसा अन्त्य गराैँ , सभ्य परिवारकाे परिचय दिलाओैँ ।"
२) "घरेलु हिँसाकाे साधक, परिवार विकासकाे बाधक ।"
प्रश्न ः लागु पदार्थकाे कुलतमा लागेकाे तपाइँकाे साथीलाई उक्त कुलतबाट छुटाउन तपाइँ के गर्नु हुन्छ ? एक वाक्यमा लेख्नुहाेस् ।
उत्तर ः लागु पदार्थकाे कुलतमा लागेकाे मेराे साथीलाई उक्त कुलतबाट छुटाउन म साथीलाई भविष्यकाे बारेमा साेच्न लगाइ विभिन्न सिर्जनात्मक कार्यमा सहभागी गराउँछु ।
प्रश्न ः समाजमा हुने गरेका बाल विवाह राेक्न जनचेतना जगाउने कुनै दुई नारा लेख्नुहाेस् ।
उत्तर ः समाजमा हुने गरेका बाल विवाह राेक्न जनचेतना जगाउने कुनै दुई नारा निम्न छन् ः
१) "कलिलाे उमेरमा विवाह, जीवन विकासकाे बाधक हाे।"
२) "विवाहवारी बीस वर्ष पारी ।"
0 Comments