Header Ads Widget

Please Follow This Blog. Thanks for Visiting This Blog.

सामाजिक अध्ययन, विशिष्टिकरण तालिका अनुसारकाे नमूना प्रश्न उत्तरहरुकाे संगालाे, कक्षा : १०



                                                   प्रश्न नं. २ (उच्च दक्षता)

                                               एकाइ ः २ (विकासका पूर्वाधार)
 
प्रश्नः  हाम्राे देशकाे मानव विकास सूचकाङ्कमा वृद्धि गर्न नेपाल सरकारलाई तपाइले  दिने कुनै एक सुझाव दिनुहाेस् ।
उत्तर ः हाम्राे देशकाे मानव विकास सूचकाङ्कमा वृद्धि गर्न नेपाल सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरी गुणस्तरीय प्राविधिक  शिक्षा र स्वास्थ्य सेवा सुविधा विस्तार तर्फ ध्यान दिन जरुरी छ ।

प्रश्न ः  नेपालमा मानव विकासकाे अवस्था सुधारकाे मुख्य चुनाैती एक वाक्यमा लेख्नुहाेस् ।
उत्तर ः नेपालमा मानव विकासकाे अवस्था सुधारमा रहेकाे मुख्य चुनाैती दैनिक जसाे हजाराैँ युवाहरुकाे वाैद्धिक पलायनलाई  राेक्न नसक्नु हाे ।

प्रश्न ः दिगाे विकासका लागि तपाइँले सक्ने याेगदान कुनै एक लेख्नुहाेस् ।
उत्तर ः  दिगाे विकासकाे लागि म आफ्नाे स्थानीय स्तरमा भएकाे प्राकृतिक स्राेत र साधनकाे विवेकपूर्ण प्रयाेग गर्दछु ।
प्रश्न ः नेपालमा संघीयता कार्यान्वयनमा आएपछि तपाइँले अनुभव गर्नु भएका कुनै दुइवटा चुनाैतीहरु लेख्नुहाेस् ।
उत्तर ः नेपालमा सं३ीयता कार्यान्वयनमा आएपछि मैले अनुभव गरेकाे दुइ वटा मुख्य चुनाैती  निम्न छन् ः
     १) देशकाे बजेटकाे आकार  अनुसार आर्थिक व्यवस्थापनमा जटिलता देखा परेकाे छ ।
     २)  प्रदेशहरुकाे नामाकरणमा विवाद उत्पन्न भएकाे छ । 

प्रश्न ः मानव विकास सूचकांकबाट कुनै पनि देश विकासकाे वास्तविक अवस्था थाह पाउन सकिन्छ, कसरी ? एक वाक्यमा लेख्नुहाेस् ।
उत्तर ः  मानव विकास सूचकांकबाट कुनै पनि देशकाे सामाजिक तथा आर्थिक अवस्था, मानव कल्याण, देशकाे आर्थिक वृद्धि जस्ता कुराहरुकाे बाेध भइ देश विकासकाे वास्तविक अवस्था थाह पाउन सकिन्छ ।
 
प्रश्न ः विकासका पूर्वाधारलाई दिगाे र टिकाउ बनाउन के गर्नु पर्ला ? आफ्नाे एक तर्क दिनुहाेस् ।
उत्तर ः  विकासका पूर्वाधारलाई दिगाे र टिकाउ बनाउन देशकाे भाैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षकाे सुक्ष्म अध्ययन गरी पूर्वाधार विकासकाे याेजना बनाउनु पर्छ ।

प्रश्न ः विकास आयाेजनाहरुलाई राष्ट्रिय गाैरवकाे आयाेजनामा सूचिकृत गरिनुकाे ‌ओैचित्य एक वाक्यमा पुष्टि गर्नुहाेस् ।
उत्तर ः विकास आयाेजनाहरु राष्ट्रिय गाैरवकाे आयाेजनामा सूचिकृत भएपछि उक्त आयाेजना सम्पन्न गर्ने दायित्व संघीय सरकारकाे हुन्छ र समयमै सम्पन्न भइ ठूलाे संख्यामा जनताहरु लाभान्वित हुन्छन् । 

प्रश्न ः कुनै पनि राष्ट्रिय गाैरवका आयाेजनाले स्थानीय जनसमुदायकाे जीवनशैलीमा पार्ने कुनै दुई प्रभाव लेख्नुहाेस् ।
उत्तर ः कुनै पनि राष्ट्रिय गाैरवका आयाेजनाले स्थानीय जनसमुदायकाे जीवनशैलीमा पार्ने कुनै दुई प्रभाव निम्न छन् ः
    १)  स्थानीय जनतामा राेजगारीकाे  सिर्जना हुन्छ
    २) शिक्षा, स्वास्थ्य जस्ता सामाजिक सुविधा प्राप्तिमा सहज हुन्छ ।

प्रश्न ः नेपालकाे मानव विकास सूचकाङ्क अभिवृद्धि गर्न आर्थिक पक्षमा जाेड दिनु पर्छ, किन ? एक वाक्यमा लेख्नुहाेस् ।
उत्तर ः नेपालकाे मानव विकास सूचकाङ्क अभिवृद्धि गर्न आर्थिक पक्षमा जाेड दिँदा देशकाे आर्थिक पक्ष सुधार भइ जनताकाे प्रतिव्यक्ति आय वृद्धि हुन्छ जसबाट उनीहरुकाे शिक्षा, स्वास्थ्य जस्ता सुविधा प्राप्ति पनि सहजता ल्याउँछ ।
प्रश्न ः स्थानीय विकासकाे लागि संघीय शासन प्रणाली महत्वपूर्ण हुन्छ, किन ? कुनै एक कारण दिनुहाेस् ।
उत्तर ः संघीय शासन प्रणालीमा स्थानीय विकासकाे लागि आवश्यक बजेट स्थानीय तहबाटै प्राप्ति भइ स्थनीय आवस्यकता अध्ययन गरी विकास निर्माण कार्य सञ्चालन हुन्छन् ।




Post a Comment

0 Comments