Header Ads Widget

Please Follow This Blog. Thanks for Visiting This Blog.

सामाजिक अध्ययन, विशिष्टिकरण तालिका अनुसारकाे नमूना प्रश्न उत्तरहरुकाे संगालाे, कक्षा : १०

                                                         प्रश्न नं. १ (ज्ञान, बोध)

                                               एकाइ ः १ (हामी र हाम्राे समाज)
 
प्रश्नः    सामाजिकिकरण लाई एक वाक्यमा परिभाषित गर्नुहोस् ।

 उत्तरः एक जैविक प्राणीका रुपमा जन्मेको मानिसले सामाजिक प्राणी बन्नको लागि आवश्यक समामाजिक मूल्य मान्यता ग्रहण, मेलमिलाप, सहकार्य, सहयोगको आदान प्रदान गर्ने तथा आपसी सम्मानका व्यवहार सिक्ने र अभ्यास गर्ने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ ।

प्रश्न ः सामाजिकीकरणका कुनै दुई तत्वहरु लेख्नुहाेस् 

उत्तर ः सामाजिकीकरणका कुनै दुई तत्वहरु निम्न छन् ः
        १) प्रेम र स्नेह
        २) भाषा

प्रश्न ः भाषाले कसरी सामाजिकीकरणमा सहयाेग गर्दछ ? एक वाक्यमा लेख्नुहाेस् ।

उत्तर ः भाषाले एक आपसमा घुलमिल हुन, विचार भावना बुझ्न, आफ्ना अनुभव र साेचाइ आदान प्रदान गर्न मद्दत गरी सामाजिकीरणमा सहयाेग गर्दछ ।

प्रश्न ः  कुनै दुइवटा सामाजिकीकरणका माध्यम वा निकायकाे नाम लेख्नुहाेस् ।

उत्तर ः सामाजिकीकरणका माध्यम वा निकाय कुनै दुइवटा निम्न छन् ः 
           १) घर परिवार
           २) विद्यालय

प्रश्न ः दाैतरी समूहबाट बालबालिकाहरुले कसरी सामाजिकीरण सिक्दछन् ? 

उत्तर ः दाैतरी समूह सँग बालबालिकाहरुले सँगै  हिँडडुल गर्दा, खेलकुद खेल्दा, मनाेरञ्जनका कार्य गर्दा उनीहरु बिच अन्तरघुलन भई सामाजिक व्यहारकाे आदान प्रदान हुन्छ र त्यसबाट सामाजिकीकरण सिक्दछन् ।

प्रश्न ः हाम्राे राष्ट्रिय पहिचानलाई एक वाक्यमा लेख्नुहाेस् ।

उत्तर ः नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांसरकृतिक विशेषाता भएकाे दक्षिण एसियाकाे एक भूपरिवेष्टित राष्ट्र हाे ।

प्रश्न ः २०७८ सालकाे जनगणना अनुसार नेपालमा कति जाति र कति भाषा बाेल्ने मानिसहरु रहेका छन् ?

उत्तर ः २०७८ सालकाे जनगणना अनुसार नेपालमा १४२ जाति र १२४ भाषा बाेल्ने मानिसहरु रहेका छन् ।

प्रश्न ः लैङ्गिक पहिचान अन्तर्गत लैङ्गिक तथा याैनिक अल्प संङ्ख्यक LGBTIQ भन्नाले के के बुझिन्छ ?

उत्तर ः लैङ्गिक पहिचान अन्तर्गत लैङ्गिक तथा याैनिक अल्प ङ्ख्यक LGBTIQ भन्नाले निम्न अनुसार बुझाउँछ ः
       L - Lesbian                  G- Gay                     B - Bisexual               T - Transgender 
       I - Intersexual               Q - Questioning

प्रश्न ः नेपालमा अपाङ्गता भएका व्यक्तिकाे अधिकार सम्बन्धी ऐन २०७४ अनुसार अपाङ्गतालाई कसरी वर्गीकरण गरिएकाे छ ? 

उत्तर ः नेपालमा अपाङ्गता भएका व्यक्तिकाे अधिकार सम्बन्धी ऐन २०७४ अनुसार अपाङ्गतालाई शारीरिक, दृिष्टसम्बन्धी, सुनाइसम्बन्धी, श्रवण दृिष्टविहिन, स्वर र बाेलाइसम्बन्धी, मानसिक वा मनाेसामाजिक, बाैद्धिक, अनुवंशीय रक्तश्रावसम्बन्धी, अटिज्मसम्बन्धी र बहुअपाङ्गता गरी १० प्रकारमा वर्गीकरण गरिएकाे छ ।

प्रश्न ः विविधतामा एकतालाई कमजाेर पार्ने कुनै दुइ कारणहरु लेख्नुहाेस् ।
 
उत्तर ः विविधतामा एकतालाई कमजाेर पार्ने कुनै दुइ कारणहरु निम्न छन् ः 
     १) जातीय विभेद
     २)  धार्मिक द्वन्द्व
प्रश्न ः नेपालमा भएकाे "विविधतामा एकता" काे कुनै दुई उदाहरण दिनुहाेस् ।

उत्तर ः नेपालमा भएकाे "विविधतामा एकता" काे कुनै दुई उदाहरण निम्न छन् ः
        १) नेपालमा बाेलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानी सम्मान गरिएकाे छ ।
       २)  धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता संविधानमा नै उल्लेख  छ ।

प्रश्न ः हाम्रा कुनै दुई राष्ट्रिय गाैरवकाे नाम लेख्नुहाेस् ।

उत्तर ः हाम्रा कुनै दुई राष्ट्रिय गाैरवकाे नाम निम्न छन् ः
      १)  वीरता
      २) सगरमाथा

प्रश्न ः राष्ट्रिय गाैरव भनेकाे के हाे ?

उत्तर ः आफ्नाे देशलाई विश्वमा चिनाउने चिनारी र उक्त देशकाे नागरीक हुनुमा गौरव गर्ने इतिहास, संस्कृति, मूल्य मान्यता, सम्पदा र सम्मान गर्ने बानीलाई नै राष्ट्रिय गौरव भनिन्छ ।

प्रश्न ः नेपालीकाे वीरता सम्बन्धमा जर्मन सम्राट कैजर विलियमले कस्ताे अभिव्यक्ति  दिएका थिए ?
उत्तर ः नेपालीकाे विरता सम्बन्धमा जर्मन सम्राट कैजर विलियमले जर्मन सेनालाई विश्वका जुनसुकै सेनासँग लड्न पठाउन सकिने तर गाेर्खाली सेना भन्ने बित्तिकै आफ्नाे मुटु थरर काम्ने अभिव्यक्ति  दिएका थिए ।

प्रश्न ः प्रथम तथा दाेस्राे विश्व युद्धमा गाेरखाली सेनाले वेलायतकाे तर्फबाट लड्दा वीरता देखाए वापत कस्ता पदकबाट विभूषित भए ?

उत्तर ः प्रथम तथा दाेस्राे विश्व युद्धमा गाेरखाली सेनाले वेलायतकाे तर्फबाट लड्दा वीरता देखाए वापत "भिक्टाेरिया क्रस" र "मिलिटरी क्रस" बाट विभूषित भए ।

प्रश्न ः नेपालकाे राष्ट्रिय झन्डा मा अंकित चन्द्र र सूर्यकाे अर्थ के हाे ?

उत्तरः नेपालकाे राष्ट्रिय झन्डा मा अंकित चन्द्र र सूर्यले जबसम्म आकाशमा चन्द्र र सूर्य रहन्छ तवसम्म नेपाल अटल रहन्छ भन्ने अर्थ राख्दछ ।

प्रश्न ः तल  दिइएकाे चित्रले नेपालकाे कुन राष्ट्रिय गाैरवलाई चित्रण गर्दछ ?
उत्तर ः उक्त चित्रले नेपालीकाे राष्ट्रिय गाैरव "वीरता" लाई चित्रण गर्दछ ।

प्रश्न ः नेपालकाे राष्ट्रिय झन्डाकाे निलाे रङकाे किनारा के काे प्रतिक हाे ?

उत्तर ः नेपालकाे राष्ट्रिय झन्डाकाे निलाे रङकाे किनारा शान्तिकाे प्रतिक हाे ।

प्रश्न ः सयाैँ थुँगा फूलका हामी ‍................... नेपालकाे राष्ट्रिय गान कहिले देखि लागु भएकाे हाे ?

उत्तर ः सयाैँ थुँगा फूलका हामी ‍................... नेपालकाे राष्ट्रिय गान नेपाल सरकारले वि.सं. २०६४ साल साउन १८ गते घाेषणा गरेसँगै लागु भएकाे हाे ।

प्रश्न ः नेपालकाे राष्ट्रिय गानकाे शब्द सिर्जना र सङ्गीत कस कसले गरेका हुन् ?
 
उत्तर ः नेपालकाे राष्ट्रिय गानकाे 
          शब्द सिर्जना ः प्रदिप कुमार राई (व्याकुल माइला)
           सङ्गीत ः अम्बर गुरुङ

प्रश्न ः लुम्बिनीलाई राष्ट्रिय गाैरव मानुिनकाे कारण के हाे ?

उत्तर ः विश्व शान्तिका अग्रदुत गाैतम बुद्धकाे जन्म स्थल तथा विश्वकै बाैद्ध धर्मावलम्वीहरुकाे पवित्र तीर्थ स्थल भएकाेले लुम्बिनीलाई राष्ट्रिय गाैरव मानिएकाे हाे ।

प्रश्न ः सर्वाेच्च शिखर सगरमाथाकाे नामाकरण कहिले र कसले गरेका हुन् ?

उत्तर ः सर्वाेच्च शिखर सगरमाथाकाे नामाकरण वि सं २०१२ मा इतिहास शिराेमणि बाबुराम आचार्यले गरेका हुन् ।


कृपया हेरी सकेपछि सुझाव दिनुहाेला    .............................................................
धन्यवाद




























Post a Comment

0 Comments