Header Ads Widget

Please Follow This Blog. Thanks for Visiting This Blog.

संघीयताकाे अवधारणा, संधीय संरचनाकाे फाइदा तथा बेफाइदा र राज्य पुनर्संरचनाकाे आधार


 


संघीयताको अवधारणाः

कुनै पनि देशलाई राजनीतिक तथा प्रशासनिक आधारमा विभिन्न प्रदेश वा राज्यमा विभाजन गर्नु संघीयता हो । स्रोतको उचित बाँडफाँड  र परिचालन तथा आर्थिक सामाजिक र धार्मिक विभेद कम गरी सबै क्षेत्रको समानुपातिक विकासका लागि देशलाई संघीय संरचनामा रुपान्तर गरिएको हुन्छ । संघीय संरचना विकेन्द्रीकरणको एक महत्वपूर्ण अवधारणा हो । यसबाट जनताले आफ्नो क्षेत्रको स्रोत साधनको समुचित प्रयोग गर्न, आम्दानी प्राप्त गर्न, उपभोग गर्न र आफ्नो ठाउँको विकासमा सहभागी हुन र जिम्मेवार बन्न सक्छन् ।

                      Johannes Althusius


जोहान्स आल्थुसियसलाई संधीयताको पिताको रुपमा लिइन्छ । । आफ्नो सहर इम्डेनलाई फ्रान्सबाट स्वतन्त्र राख्न उनले यो अवधारणा सन् १६०३ मा  ल्याएका हुन् । खास गरेर उनले फ्रान्सबाट आफ्नो सहर स्वतन्त्र हुनुपर्छ, जनताले आप्mनो आवश्यकता आफैं पुरा गर्न पाउनुपर्छ र आरामदयी जीवन यापन गर्न पाउनुपर्छ भन्ने भन्ने अवधारणा अघि सारे । यसै अवधारणाले पछि संघीय स्वरुपको सृजना भएको मानिन्छ ।


विश्वमा संघीय संरचनाको प्रकारः

१) दोहोरो संघीय संरचना – राज्य र केन्द्र दुबैले आफ्नो काम स्वतन्त्र रुपमा गर्ने । जस्तैः बेल्जीयम, अष्ट्रेलिया, ब्राजिल, स्वीट्जरल्यान्ड आदि देशमा रहेको संघीय स्वरुप ।

२) प्रतिष्पर्धात्मक संधीय संरचना – केन्द्र र राज्य बिच कामको बाँडफाँड गरिएको र आ–आफ्नो अधिकार क्षेत्र तोकिएको । जस्तैः जर्मनी, दक्षिण अफ्रिका, क्यानडा आदि देशमा सञ्चालित संधीय स्वरुप ।

३) आदेसात्मक संघीय संरचना – केन्द्रले दिएको आदेश अनुसार मात्र राज्य सञ्चालन हुने । जस्तैः अष्ट्रिया, मलेसिया, मेक्सिको आदि देशमा रहेको संघीय स्वरुप ।


संघीयताको फाइदाः

शक्तिको विकेन्द्रिकरण भइ तल्लो तहसम्म पुग्छ ।

स्थानीय नेतृत्व विकासको अवसर प्राप्त हुन्छ ।

लोकतन्त्रको अभ्यास पूर्ण रुपमा हुन्छ ।

सरकार र जनताबिचको सम्बन्ध नजिक हुन्छ ।

विविधतालाई समेट्न सकिन्छ ।


संघीयताको बेफाइदाः

यो महंगो शासन प्रणाली हो ।

यसले क्षेत्रीय असमानता झन बढाउन सक्छ ।

जातीय, धार्मिक पक्षहरुलाई स्पष्ट रुपमा संबोधन गर्न नसके देश टुक्रने सम्भावना हुन्छ ।

साम्प्रदायिक र जातीय द्वन्द्वको सम्भावना रहन्छ ।

क्षेत्रीय र स्थानीय सामन्तवादको उदय हुन्छ ।




संघीय संरचना अनुसार राज्य पुनर्संरचनाका आधारहरुः

 क) पहिचानको पाँच आधार

    १) जनजाती तथा समुदाय

    २) भाषा

    ३) संस्कृति

    ४) भौगोलिक एवं क्षेत्रीय भिन्नता

    ५) ऐतिहाँसिक निरन्तरता

 ख) सामर्थ्य चार आधार 

    १) आर्थिक अन्तरसम्बन्ध र सामर्थ्य

    २) विकासको पूर्वाधरको अवस्था र सम्भावना

    ३) प्राकृतिक स्रोत साधनको उपलब्धता

    ४) प्रशासनिक सहजता


Post a Comment

0 Comments